Logo

बुधबार आन्तरिकतर्फका १३० वटा उडान रद्द, आज के होला?



काठमाडौं, पुस १५। बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएसंगै हवाई उडान सञ्चालनमा आएको छ । बुधबार दिभर आन्तरिकतर्फका उडान प्रभावित भएपनि आज विहानैदेखि मौसममा सुधार आएसंगै पुनः नियमित उडान सुरु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज काठमाडौंबाट हुने आन्तरिकतर्फका उडान नियमित भइरहेका छन् ।

बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगत भएको थियो । आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । तर, प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्