काठमाडौं, १५ पुस । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पुनःआवेदन खुल्ला भएको छ । अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले एक सुचना जारी गर्दै अध्यक्षको छनोट गर्न पुनःआवेदन खुला गरेको हो ।
पुस २९ गतेभित्र आवेदन दिन पनि अर्थमन्त्रलायले आग्रह गरेको छ । यसअघि अध्यक्ष समितिको वैधतामाथि प्रश्न उठेपछि नयाँ समिति गठन भएको हो ।
मन्त्रिपरिषदको बैठकबाट नयाँ समिति गठन गरेपनि समितिको नेतृत्व भने आयोगका उपाध्यक्ष डा.विश्व पौडेल गरेका छन् ।
त्यस्तै, अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा.जीवनाथ भुसाल रहेका छन् । यसअघि कात्तिक ७ गते गठन भएको पुर्व समितिले अध्यक्षको लागि आह्वान गर्दा १२ जनाले आवेदन दिएका थिए ।