Logo

अमेरिकामा हाइप्रोफाइल जोडिएको यौनकाण्डमा म्याक्सवेल दोषी ठहर



एजेन्सी, १५ पौष । अमेरिकामा हाइप्रोफाइलका लागि कम उमेरका किशोरीहरु तस्करीको आरोप लागेकी एकजना महिला दोषी ठहर भएकी छिन् । उनीमाथि कुमारी किशोरीहरुलाई सेक्सका लाग हाइप्रोफाइल कहाँ पुर्याएको आरोप थियो ।

घिसलेन म्याक्सवेललाई न्यूयोर्कको अदालतबाट गठित जुरीले दोषी ठहर गरेको हो । उनले जेफ्री इपस्टेन संलग्न सन् १९९४ देखि २००४ सम्म भएको कम उमेरका केटीहरुमाथि भएको यौन दुव्र्यवहारको घटनासँग जोडिएकी थिइन् । जसमा ६ वटा सम्मको घटनामा म्याक्सवेल संलग्न भएको जुरीको ठहर छ ।

६० वर्षीया म्याक्सवेलमाथि कम उमेरका केटीहरुलाई यौनका लागि तस्कर गर्ने, यौन सम्बन्धका लागि तयार पार्ने गरेको आरोप छ । दोषी ठहर भएपछि म्याक्सवेललाई ६५ वर्ष कैद सजाय हुनेछ ।

घटनामा संलग्न इपस्टेनले हिरासतमै आत्महत्या गरिसकेका छन् । उनलाई साथ दिने म्याक्सवेल भने अदालती कारबाही प्रक्रियाको सामना गर्न तयार भएर बसेकी छिन् ।
म्याक्सवेलले विभिन्न तरिका अपनाएर किशोरी सुन्दरीहरुलाई आफ्नो हातमा ल्याउँथे । उनीहरुको खर्चबर्च हेर्न लगाउँथे । विस्तारै हातमा पारेपछि हाइप्रोफाइलको भोगको साधन बनाउँथे ।

के गर्थिन् म्याक्सवेल

इपस्टेनसँग मिलेर कम उमेरका कुमारी किशोरीहरुलाई हाइप्रोफाइल पुरुषसँग यौनसम्बन्ध राख्ने नियोजित योजना बुन्थिन् । निजी विमानबाट निजी टापु सम्म लगेर यौनधन्दा चलाउँथे । उनको निजी विमानमा अमेरिकाका पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि यात्रा गरेको खुलेको छ ।

इपस्टिनले कुमारी किशोरीको व्यवस्था गर्न महिलाहरुलाई खटाउँथे । जसमध्ये गिलसेन म्याक्सवेल पनि थिइन् । ५९ वर्षीया म्याक्सवेलले किशोरीहरु तयार पार्थिन् । अक्सफोर्ड विश्वविद्यालयमा पढेकी उनी धेरै भाषा प्रष्ट बोल्थिन् । पत्रिकाका मालिक रोबर्ट म्याक्सवेलकी छोरी हुन् । उनी इपस्टिनको केटी साथी थिइन् ।

कतिपय किशोरीहरु इपस्टिनको यौनधन्दाको पासोमा पर्दा १४ वर्षका पनि थिए । अधिकांशको उमेर १६ देखि १८ वर्षको थियो । उनीहरु हाइप्रोफाइलहरुको भोगका लागि खटाइन्थे ।

जेफरे इपस्टिेनले जेलमै आत्महत्या गरिसकेका छन् । उनले अमेरिकी पूर्वराष्ट्रपतिहरु बिल क्लिन्टन, डोनाल्ड ट्रम्प, बेलायतका राजकुमार एन्ड्रीउ जस्ता हाइप्रोफाइलसँग सम्बन्ध बनाएका थिए । उनीहरुलाई निजी टापुमा समेत लान्थे । एन्ड्रीउले कम उमेरकी किशोरीसँग यौनसम्बन्ध बनाएको विषय चर्चामा छ । किशोरीसँगको तस्बिर पनि सार्वजनिक भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot