Logo

मिथिलाको साथमा पुर्वआइजीपी बोहोरा र युवा उद्यमी पाण्डे प्रिमियर शोमा



काठमाडौं, १५ पुस । हरर फिल्म ‘कठपुतली’ पुस १६ अर्थात भोलिबाट नेपालभर प्रदर्शन हुने भएको छ। फिल्मको बुधबार कमलपोखरी स्थित् बिग मुभिजमा ग्रान्ड प्रिमियर शो गरिएको थियो ।

फिल्मको मूख्य भुमिकामा रहेकी कलाकार मिथिला शर्मा आफ्ना श्रीमान तथा पुर्व आइजीपी मोतीलाल बोहारा र नाति युवा उद्यमी प्रनव जंग पाण्डेसहित स–परिवार प्रिमियर शो हेर्न हलमा पुगेकी हुन् । प्रिमियर शो हेर्न पुगेका दर्शकहरुले फिल्म निकै राम्रो बनेकोले दर्शकको रोजाइमा पर्ने प्रतिक्रिया दिएका थिए ।

भिमसेन लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको थियो । फिल्म राजदरबार भित्रको कथामा आधारित छ ।

फिल्ममा कर्मा, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतका कलाकारहरुको जोडदार अभिनय रहेको छ । फिल्मलाई पृथ्वीराज राना मगरले निर्माण गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot