Logo

पितृको श्राद्ध गर्न पूर्वराजा शाह गोकर्ण पुगे (फोटोफिचर)



काठमाडौं, १५ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह पितृको श्राद्ध गर्नको लागि गोकर्ण पुगेका छन् । शाहले आज (बिहीबार) विहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित् उत्तरगया पुगेर पितृको श्राद्ध गरेको जनाईएको छ ।

पूर्वराजा शाह आफ्नो पितृको श्राद्ध गर्नको लागि पुरोहितसहित गेरु बस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा शाहले श्राद्ध गरेका हुन् । तस्विर : रविराज रिमाल



प्रतिक्रिया दिनुहोस्