Logo

माओवादीमा वरिष्ठ नेताको व्यवस्था गर्न माग



काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रमा वरिष्ठ नेताको व्यवस्था गर्न माग गरिएको छ । माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा नेता गोपाल शर्माले पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको व्यवस्था गर्न माग गरेका हुन् ।

नेता शर्माले भविष्यमा सम्भावित पार्टी एकतालाई ध्यान दिँदै वरिष्ठ नेताको व्यवस्था गर्न सुझाव दिएका हुन् । उनले अन्य पार्टीहरुसँग एकता हुनसक्ने इशारा गर्दै अहिले नै विधानमा स्पष्ट पार्न पर्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्