Logo

सिके राउतको टिप्पणी : सरकारले माफिया र तस्करको कुरा सुन्छ, तर किसानको कुरा सुन्दैन् (भिडिओसहित)



काठमाडौं, १५ पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले मोरङदेखि बर्दियासम्म किसान आन्दोलन सुरु भएको बताएका छन् । उनले अहिले किसानले मल, विउ, विजन नपाएकोले किसानले बाध्य भएर आन्दोलन सुरु गरेको र यो देशव्यापी रुपमा फैलिएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले किसानको माग र समस्या समाधान गर्न कुनै पहल नगरेको सुनाए । उनले सरकारले तस्कर र माफीयाहरुको कुरा सुनेको तर किसानको समस्या कहिल्यैपनि नसुनेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्