Logo

पुर्वयुवराज पारसको कान्छी छोरी कृतिकाले लिइन् नागरिकता



काठमाडौं, १५ पुस । पुर्वयुवराज पारस शाह र पुर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले आज नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन् ।

कृतिकाले वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन् । उनको सनाखत आमा हिमानी शाहले गरेकी हुन् । नेपालको संविधान अनुसार बुवा वा आमा दुवैको नामबाट नागरिकता लिन सकिन्छ ।

यसअघि राज परिवारका सदस्यले नागरिकता लिन पर्दैनथ्यो । राजतन्त्र हटेसँगै राजपरिवारका सदस्यले पनि नागरिकता लिनुपर्ने व्यवस्था गरिएको हो । पारस र हिमानीले यस अघिनै नागरिकता लिइसकेका छन् ।

हाल पासपोर्ट बनाउन पनि नागरिकता अनिवार्य गरिएको छ । नाबालकको हकमा भने सिफारिसको आधारमा पासपोर्ट बनाउने नेपाल सरकारले व्यवस्था गरेको हो ।



प्रतिक्रिया दिनुहोस्