Logo

रुपा विश्वकर्मा भन्छिन्–‘कृष्ण सिटौला दाई राजनीतिमा रहँदासम्म म उहाँसँग नै रहन्छु’ भिडिओसहित)



काठमाडौं, १५ पुष । नेपाली कांग्रेसकी नेतृ रुपा विश्वकर्माले कृष्णप्रसाद सिटौला नेपाली राजनीतिमा सक्रिय रहुञ्जेलसम्म आफू पनि सिटौलासँगै रहने स्पष्ट पारेकी छिन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रम ‘रिपोर्टर्स सम्बाद’ मा पत्रकार लक्ष्मीप्रसाद जैशीसँग कुरा गर्दै नेतृ विश्वकर्माले यस्तो बताएकी हुन् ।

उनले भनिन्–‘म पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुमा कृष्णप्रसाद सिटौलाको पनि अहम भूमिका छ । उहासँग म डाईरेक्ट्ली एशोसिएट मान्छे हुँ । कसैले लगेर जोडेको मान्छे होईन् । कृष्ण दाईसँग मेरो राजनीतिक यात्रा, उहाँ (दाई) रहँदासम्म म उहाँसँग नै रहन्छु, दाईलाई म छोड्दिनँ । मेरो आत्माले मान्छ । नेताहरुसँग नजिक हुन, सम्बन्ध बनाउन ८/१० वर्ष समय लाग्छ, छोड्न चाह्यो भने सेकेण्ड लाग्दैन् ।’

उनले अहिले सिटौलासँग धेरै नजिकको सम्बन्ध रहेको सुनाईन् । तर, आफू गुट/उपगुटमा रमाउने नेतृ नभएको पनि उनको भनाई छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot