Logo

म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता, तीन अलपत्र



काठमाडौँ, १५ पुस। म्याग्दीको धवलागिरि गाउँपालिकामा हिउँमा परि एकजना बेपत्ता भएका छन् भने तीन जना अलपत्र परेका छन् ।

धवलगिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षीय रामबहादुर छन्त्याल हिउँमा परि बेपत्ता भएका हुन् । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालकाअनुसार बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot