Logo

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता



वासिङ्टन [अमेरिका], १५ पुस: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् ।

विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन-यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताएका छन् ।,”उनीहरूले युक्रेन विरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन् र साथै उनीहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता, र क्षेत्रीय अखण्डताको लागि आफ्नो अटल समर्थन पनि पुन: दोहोर्याएका छन्।

संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन्। साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्