Logo

विद्यालयमा कार्यरत कर्मचारीहरुद्धारा सेवासुविधाको माग गर्दै आन्दोलनको घोषणा



विराटनगर, १५ पुस । मोरङका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले सरकारले बजेट मार्फत घोषणा गरेको सेवासुविधाको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । जाहदा गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले विराटनगरमा पत्रकार सम्मेलन गरेर पारिश्रमिक बैद्यानिक तथा पूर्व विनयोजित बजेट अनुरुप कार्यावन्यन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले सरकारले बजेटमार्फत ८ हजार र स्थानीयतह मार्फत ७ हजार दिने घोषणा गरेपनि गाउँपालिकाले पारिश्रमिक दिन नमानेको विभिन्न ८ वटा संगठनका प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

गाउँपालिकाले पहिलेदेखि नै दिदै आएको ६ हजारसहित एक हजार प्रोत्साहन भत्ता मात्र दिने गरेको उनीहरुको आरोप छ । पटक–पटक वडा अध्यक्षदेखि प्रमुखलाई भेटर आग्रह गर्दा आलटाल गर्दै आम्दानी नरहेको भनेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ ।

उनीहरुले आज अगामी १९ गते देखि गाउँपालिका तालाबन्दी गरेर सम्पूर्ण कामकाज ठप्प पार्दै पुष २१ गतेसम्म धर्ना दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । तीन दिन भित्र पनि मागको सुनवाई नभए थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउने उनीहरुले चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot