Logo

नातिनीको खुकुरी प्रहारबाट हजुरबुवा घाइते, भत्ता बुझेको थाहा पाएर आक्रमण गरेको आरोप



रुकुम, १५ पुस । रुकुम पश्चिममा आफ्नै नातिनीले हजुरबुवालाई खुकुरी प्रहार गरेकी छिन् । बाफिकोट–१ का ७४ वर्षीय दाना शाहीलाई नातिनी उर्मिला मल्लले खुुकुरी प्रहार गरेकी हुन् । उर्मिला दानाकी छोरीको छोरी हुन् ।

घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चौरजहारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । दानाको गाला र हातमा चोट लागेको छ। १२ हजार रुपैयाँ भत्ता बुझेको थाहा पाएर पैसा चाहिएकोले आफुलाई आक्रमण गरेको हुनसक्ने दाना शाहीको भनाई छ । उर्मिलाले हजुरबुवालाई बिहानपख खुकुरी प्रहार गरेकी थिइन् ।

नातिनीले घाँटीमा ताकेको खुकुरी छल्दा गाला र हातमा चोट लागेको दानाले बताएका छन् । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्