Logo

सुन र तेलको मूल्य बढ्ने सम्भावना



काठमाडौं, पुस १६ । धेरै दिन बियरिस रहेको सुनको मूल्य गत हप्ता ११५६ अमेरिकी डलर प्रतिऔंससम्म ओर्लेर केही उकालो लाग्यो । यो धातुको मूल्य २०१० भरिमा जुलाई महिनामा सबभन्दा कम भयो । गत हप्ताको सुरुमै ८ अमेरिकी डलर कम भएको सुनको मूल्य अमेरिकामा घरहरूको विक्री बढेको तथ्यांक आएपछि झन् तल ओल्र्यो ।

अमेरिकी कन्फरेन्स बोर्डले मासिक रूपमा घोषणा गर्ने ग्राहकहरूको आत्मबलसम्बन्धी सूचक गत साता नकारात्मक देखिएपछि प्रायः सबै वस्तुहरूको मूल्य ओरालो लागेको थियो । यसमा सुनका मूल्यले १ डलरको मन्दी बेहो¥यो । मंगलवारको मन्दीपछि बुधवार पनि एसिया र यूरोप बजारमा सुनको मूल्यको चालमा बियरिस रहन पुग्यो ।

तर अमेरिकी बजार खुल्दा यसमा वृद्धिका संकेतहरू देखिएका थिए । फेडरल रिजर्वका बिजबुकअनुसार अमेरिकी अर्थतन्त्रमा सुधार निकै सुस्त गतिमा भइरहेको छ । टिकाउ सामानहरूको अर्डर कम भइरहेको छ । यी सबै खबरहरूले मुद्रा बजार र डलरलाई कमजोर बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्