Logo

यो देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता चाहिएको छ : ऋषि धमला (भिडिओसहित)



काठमाडौं, १६ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अहिलेको पुस्ता कुरा भन्दापनि काम गर्ने पुस्ता भएकोले समयको सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले देश अहिले नेताविहीन भएको पनि टिप्पणी गरे । उनले भने-“यो देशमा करोडौं नेपाली जनताले वाहवाह भन्ने खालका नेता जन्मिएनन्, नेपालले किन विकास गर्न सकेन ? किन प्रगति गर्न सकेन ? किनकी यो देशमा साझा नेता जन्मिएन, त्यसैले आज हामी विकासको यात्रामा अघि बढ्न सकेनौं ।”

हिजो (बिहीबार) काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै धमलाले यस्तो बताएका हुन् । उनले देशमा विद्यमान सबै राजनीतिक दलहरुको महाधिवेशन भैरहेको र कतिपयको सम्पन्न भैसकेको उल्लेख गर्दै तर नेतृत्वमा भने पूरानै अनुहार देखिएको पनि सुनाए ।

उनले भने-“जनताको चाहना छ, युवा, उर्जाशील र क्षमतावान युवा नेता नेतृत्वमा आउन् भन्ने छ, तर नेतृत्वमा पार्टीका पूरानै अनुहार नेतृत्वमा आएका छन् । यो देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता चाहिएको छ । नेपाली जनताको लागि मरिहत्ते गर्ने नेता चाहिएको छ । देश बनाउने नेता चाहिएको छ ।”

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको हातबाट धमलालाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot