Logo

उडिरहेको विमानमा कोरोना पोजिटिभ देखिएपछि शिक्षिकाले विमानको शौचालयलाई बनाईन् क्वारेन्टाइन्



एजेन्सी, १६ पुस। शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा एक रोचक घटना घटेको छ।अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ३ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको सीएनएनले उल्लेख गरेको छ । उनले आफ्नो इच्छामा नै यस्तो फैसला गरेका बताइन्।

मारिसा फोशियोको भनाईलाई उदृत गर्दै सीएनएनले लेखेको छ,’२० डिसेम्बरमा शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा घाँटीमा पीडा महसुस भएको थियो। मसँग र्‍यापिड टेस्ट कीट थियो र तत्कालनै मैले जाँच गरे। त्यस क्रममा कोरोना पोजिटिभ आयो।’

उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र बचेको यात्रा शौचालयमा बसेर पूरा गरिन्। यस बीचमा उनले फ्लाइट अटेन्डेन्टले खाना र ड्रिङ्क्स दिइन्।मारिसाको भनाईलाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘त्यो पागल बनाउने खालको अनुभव थियो। फ्लाइटमा १५० मानिस थिए र मेरो सबैभन्दा ठूलो डर थियो कि अरु कसैलाई संक्रमण नहोस्।’ मारिसाले आइसल्याण्डको विमानको शौचालयबाट एक टिकटक भिडियो पोस्ट गरेकी थिइन्। यस बीचमा उनले सहयोग गर्नका लागि एक फ्लाइट अटेन्डेन्टको सराहना गरेकी थिइन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्