Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, १६ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र हुनु अगाडी स्थायी कमिटीको बैठक बस्दैछ ।

आजको.महाधिवेशनस्थल प्रज्ञा भवनमा बस्ने स्थायी कमिटीको बैठकमा राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्ने बारेमा छलफल हुने बताइएको छ । बैठकले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिने स्थायी कमिटीका सदस्यहरुले बताएका छन् ।

यसको साथै आजको बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य र नेताहरुको छनोट बारेमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot