Logo

अख्तियारका प्रवक्ता रिसालको दाबी– कोहिपनि भ्रष्टचारी छुट्दैन (भिडियोसहित)



काठमाडौं, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले अदुअयाले साना वा ठुला मान्छे नभनेर भ्रष्टचारमा संलग्न व्यक्तिहरु नछुट्ने गरि तिब्रताका साथ छानबिन अगाडी बढाइएको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले कुनै पनि भ्रष्टचारी कारबाहिबाट छुट्न नपाउने दाबी गरेका हुन् । ‘हामीले निस्पक्ष, निर्भिक र स्वतन्त्ररुपमा छानबिन गरिरहेका छौं । कसैको पनि प्रभाव र दबाबमा परेका छैनौं’ उनले भने ।

उनले ठुलो भ्रष्टचारको उजुरी आएमा अदुअआले अझ प्रभावकारी रुपमा छानबिन गर्ने गरेको बताए ।

यस्तै, उनले उजुरी, सुचना संयन्त्र साथै सञ्चार माध्यममा उठेका भ्रष्टचारका विषयपनि छानबिन गर्ने बताउदै अदुअआको कार्यक्षेत्रमा पर्ने भएमा जोसुकै व्यक्ति भएपछि कारबाहिबाट मुक्त हुन नसक्ने दाबी गरे ।

साथै, उनले अदुअआले निस्पक्ष, निर्भिक र स्वतन्त्ररुपमा छानबिन गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्