Logo

भक्तपुरमा ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु



भक्तपुर, १६ पुस । आफ्नै घरको ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा ४ तलामाथि बाट खसेर हरिनारायण सितिखुकीकी छोरी सुनेना सितिखुको मृत्यु भएको हो ।

शुक्रबार बिहानै घरको तलाबाट खसेर गम्भिर घाइते भएकी सुनेनालाई बुवाले उपचारको लागि भक्तपुर अस्पताल लगेको थिए । हस्पिटल पुर्याएको १५ मिनेटमा उनको नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot