Logo

प्रधानमन्त्री देउवा बिपी संग्रहालय जाँदै



काठमाडौं, १६ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) बिपी संग्रहालय जाने भएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज देउवा अपरान्ह्र ३ बजे सुन्दरीजल स्थित बिपी संग्रहालयमा पुग्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाले बिपी संग्रहालयमा बिपी, बिपी कोइराला, गणेशमान सिंह लगायतको नेताको शालिकमा माल्यार्पण गर्ने सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला २०३३ सालमा आजकै दिन मेलमिलापको नीतिका साथमा भारत निर्वासनबाट स्वदेश फर्किएका थिए । सोही सम्झनामा पुस १६ गते (आजको दिन)लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा देशभर विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्