Logo

५ लाख स्मार्ट लाइसेन्स छाप्ने विभागको योजना



काठमाडौं, १६ पुस । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) ५ लाख कार्ड माघ महिनाभित्र छपाई हुने जनाएको छ । विभागले छाप्न बाँकी ५ लाख कार्ड माघ महिनाभित्रै छाप्ने भएको हो ।

मंलगबारदेखि विगतमा कार्ड अभावमा रोकिएको स्मार्ट लाइसेन्सको छपाई सुरु भएको हो । अब विभागले दैनिक ८ हजार लाइसेन्स छपाइ गरेर माघ सम्ममा मौज्याद रहेको सबै कार्ड छपाई गरीसक्ने योजना बनाएको छ । मेसिनको छपाई हेरेर लाइसेन्सको छपाई संख्यामा बृद्धि गर्ने पनि विभागको भनाई छ । यसको लागि ३ सिफ्टमा कर्मचारीको व्यवस्थापन गरेका काम सुरु गरिएको छ ।

यसअघि विभागको प्रविधिक समस्या र कार्ड आपूर्तिको जिम्मा लिएको फ्रान्सेली कम्पनी सेल्पले समयमै कार्ड आपूर्तिका केही ढिलाइ हुँदा स्मार्ट कार्ड छपाई रोकिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot