Logo

चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी र एसियाली राष्ट्रको भ्रमण गर्ने



१६ पुस : चिनियाँ विदेशमन्त्री वाङ यी केही अफ्रिकी र एसियाली राष्ट्रको भ्रमणमा जाने भएका छन् । उनले यही जनवरी महिनाको ४ तारिखदेखि ७ सम्म ती देशको भ्रमण गर्न लागेका हुन् । उनी अफ्रिकाका इरिट्रिय, केन्या, कोमोरोसको भ्रमणमा जान लाग्नुभएको हो । चीनका विदेशमन्त्रीले नयाँ वर्षको सुरुमा अफ्रिकी देशहरुको भ्रमण गर्ने प्रचलन नै रही आएको बताइएको छ ।

त्यसपछि उनले दक्षिण एसियाली मुलुक श्रीलंका र मालदिभ्सको पनि भ्रमण गर्ने भएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बिहीबार सो विषयमा जानकारी दिएका हुन् । बिहीबार सो मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा विदेशमन्त्री यीको यस भ्रमणका बारेमा जानकारी दिएका हुन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot