Logo

बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ



मोरङ, १६ पुस। विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका छन् ।

उक्त बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot