Logo

पेस्तोल तथा लागूऔषध बरामद



तनहुँ, १६ पुस। शुक्लागण्डकी नगरपालिका-४ गाछेपानी घर भइ हाल सोही नगरपालिका-३ कार्कीडाँडा डेरा गरी बस्ने २६ वर्षीय निनु कुमार श्रेष्ठको कोठाबाट खाली म्याग्जिन सहितको १ थान इटालियन पेस्तोल तथा नियन्त्रित लागूऔषध स्पाम्सो प्रोक्सिभिन ५४ चक्की, नाईट्राभेट १ सय ९२ चक्की, डाईजेपाम १ सय ३३ एम्पुल, नुर्फिन १ सय ३४ एम्पुल, फेनारागन १ सय ३६ एम्पुल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

श्रेष्ठले हतियार तथा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त वस्तु फेला पारी बरामद गरेको हो । हाल फरार रहेका निनुकुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot