Logo

कोलोराडोमा डढेलो फैलिएपछि दशौँ हजार मानिसको उद्धार, आपत्कालीन अवस्थाको घोषणा



एजेन्सी, १६ पुस। अमेरिकाको कोलोराडोमा डढेलो फैलिएपछि दशौँ हजार मानिसलाई उद्धार गरिएको छ । सैयौँ घर जलेर नष्ट भएका छन् । डढेलो तीव्र गतिमा फैलिरहेको र मानिसहरू हताहती र घाइते हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

त्यहाँका केही सहरका झण्डै ३० हजार मानिसलाई घर छोड्न आग्रह गरिएको थियो । विभिन्न स्थानका झण्डै ६ सय घर जलेर नष्ट भएका अधिकारीहरूले बताएका छन् ।यसैबीच, डढेलो फैलिएपछि त्यहाँका गर्भनरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । एक सय पाँच माइल प्रतिघण्टाको गतिमा रहेको हावाले ऐतिहासिक खडेरी भएको क्षेत्रमा आगोका ज्वालाहरू फैलाइरहेको छ । कोलोराडोले विगतमा थुप्रै प्राकृतिक प्रकोपको सामना गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्