Logo

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने- ‘इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु पर्दैन’



काठमाडौँ, १६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु नपर्ने देखिएको बताएका छन्।वैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेलालाई आज (शुक्रबार) सम्बोधन गर्दै ओलीले अलिकति इज्जत छाड्ने हो भने सरकारबाट कहिले हट्नु नपर्ने देखिएको बताएका हुन्।

‘प्रचण्ड’ लाई लक्षित गर्दै ओलीले भने, ‘प्रचण्डहरु म हुँदा पनि सरकारमा थिए, कांग्रेस हुँदा पनि सरकारमा नै छैन्। इज्जत फाल्यो भने जहिलेनि सरकारमा।’ ओलीले जहिले पनि सरकारमा मात्र बस्ने भन्दा पनि जनताको जीवन परिवर्तनमा लाग्नु पर्ने बताए।



प्रतिक्रिया दिनुहोस्