Logo

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ



काठमाडौं, १६ पुस। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कमलादीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्