Logo

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क पाँच वर्षपछि जेलमुक्त



एजेन्सी, १६ पुस। दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हे जेलमुक्त भएकी छिन्। आज (शुक्रबार) उनी जेलमुक्त भएकी हुन्। भ्रष्टाचार र साठगाँठको मुद्दामा जेल परेकी पार्क करिब पाँच वर्षपछि जेलमुक्त भएकी हुन् । उनले विशाल इलेक्ट्रोनिक्स कम्पनी सामसुङका प्रतिनिधिसँग साठगाँठ गरेको आरोप लागेको थियो ।

दक्षिण कारेरियाको उच्च अदालतले उनलाई २० वर्षको सजाय तोकेको थियो । तर, गत साता दुर्भाग्यपूर्ण विगतलाई हटाउँदै राष्ट्रिय एकता अभिवृद्धि गर्ने राष्ट्रपति मून जे इनले विशेष माफी दिएपछि उनी शुक्रबार छुटेकी हुन् । उनी एक महिनादेखि सिओलको एउटा अस्पतालमा उपचार गराइरहेकी थिइन् । पार्कको समर्थनमा थुप्रै मानिसहरु आएका थिए । उनले यस बारेमा कुनै टिप्पणी गरेका छैनन् तर उनका वकिलले पार्कले कठिन निर्णयको लागि राष्ट्रपति मूनलाई धन्यवाद दिएको बताएका छन् ।-Photo: Agency

सम्बन्धित समाचार

 

‘भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष कैद’



प्रतिक्रिया दिनुहोस्