Logo

‘राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ खारेज गर्नुपर्छ भन्दै नेमकिपा सडक आन्दोलनमा’



काठमाडौँ , १६ पुस  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका  छन् । संसद भवन घेराउ गर्नेगरी शुक्रबार गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत रहेकाले पारित गर्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए । ‘हाम्रो देशमा उत्पदित बिजुली नेपालीका लागिविना धुवाँ प्रदुषणको खाना बनाउन उपयोग गर्नुपर्छ । बिजुलीबाट चल्ने सवारीसाधन बनाउन, उद्योगहरु चलाउन, हिमाली पहाडी तराई सबै क्षेत्रका जनातालाई उज्यालो दिन प्रयोग गर्नु पर्छ त्यसैले एमसीसी पास गर्नु हुँदैन’, उनले भने ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot