Logo

चीनमा अपराधीमाथि सार्वजनिक बेइज्जतीको अभ्यास



एजेन्सी, १६ पौष । हुन त चीनमा सार्वजनिक बेइज्जतीलाई प्रतिबन्ध लगाइएको धेरै भयो, तर स्थानीय सरकारहरूले राष्ट्रिय शून्य(कोभिड नीति लागू गर्दा हालका महिनाहरूमा यो अभ्यास फेरि गर्न थालेका छ्न्।

मास्क लगाइएका चार अपराधीहरूलाई यस हप्ता गुआङ्सी क्षेत्रको जिंग्क्सी शहरमा ठूलो भीडको अगाडि परेड गराइएको थियो। घटनाका तस्बिरहरूले उनीहरूलाई पुलिसको सर्कलले घेरेको देखाउँछ जसमध्ये केही बन्दुक पनि बोकेको थिए। चारै जनामाथि अवैध आप्रवासीहरू ओसारपसार गरेको आरोप लगाइएको थियो जबकि चीनको सिमानाहरू महामारीको कारणले बन्द रहेको छ । सो घटना भियतनान सीमा नजिकैको हो।

चिनियाँ अधिकारीहरूलाई १९८८ मा सार्बजनिक बेइज्जती गर्ने लामो इतिहास रोक्न आदेश दिइएको थियो तर यस्ता घटना पुनस् देखा पर्न थालेका छन्। २०१० मा पनि एक यौनकर्मीको सार्वजनिक अपमान ठूलो चर्चाको बिषय बनेको थियो।

यस वर्ष सार्वजनिक बेइज्जतीलाई स्थानीय सरकारहरूले स्वास्थ्य नियमहरू तोड्नेहरूलाई सजाय दिन घोषणा गरेको अनुशासनात्मक उपायहरू मध्ये एकको रूपमा अपनाएका छ्न।

गुआङ्सी न्यूजले जनार अनुसार सार्बजनिक बेइज्जतीले जनतालाई ूवास्तविक चेतावनीू प्रदान गरेको छ र सीमा सम्बन्धी अपराधहरू रोक्न समेत मद्त गरेको छ।

तर सामाजिक सन्जालका प्रयोगकर्ताहरूले यस कदमको कडा आलोचना गरेका छ्न । ूयो घटना पुरानो सम्झना जस्तो लाग्छ जुन अर्को संसारबाट आए झै लाग्छू, हेनान प्रान्तका वकिल झाङ सियानवेईले सोशल मिडियामा पोस्ट गरिएको भिडियोमा भने।

अवैध तस्करी र मानव बेचबिखनको आरोपमा अन्य संदिग्धहरूलाई पनि हालैका महिनाहरूमा सार्बजनिक बेइज्जती गरिएको जिंगसीका सरकारी वेबसाइटमा उल्लेख गरिएको छ।

गत महिना दुई जना कैदीहरूलाई सार्वजनिक बेइज्जतीका लागि गराइएको परेडको भिडियोहरू मानिसहरूको भीडलाई देखाइएको थियो र एक स्थानीय अधिकारीले माइकमा उनीहरूका अपराधहरू पढेका थिए। अगस्टमा दर्जनौं सशस्त्र प्रहरीले एक अभियुक्तलाई सडक हुँदै बालबालिकाको खेल मैदानमा लग्दै गरेको देखिएको थियो। एकजना समाजिक सन्जाल प्रयोगकर्ताले यसलाई ूसामाजिक सभ्यतामा प्रतिगमनू भनेका छ्न्।

अपराधीहरूमाथि सार्वजनिक बेइज्जतीको प्रयोग चीनमा हजारौं वर्ष पुरानो अभ्यास हो। कतिपय अवस्थामा कैदीहरूलाई झुण्ड्याएर फाँसी दिनुअघि समेत सार्वजनिक बेइज्जती गरिन्थ्यो।आधुनिक चीनमा पनि यस्तै अभ्यासहरू जारी छन्।

१९८९ को दशकमा सार्वजनिक बेइज्जतीलाई मृत्युदण्डको प्रक्रियाको एक भागको रूपमा लिइन्थ्यो । सजाय पाएका कैदीहरूलाई प्रहरी ट्रकमा बाँधेर परेड गरिन्थ्यो र उनीहरूको व्यक्तिगत विवरण र अपराधहरू घाँटीमा झुण्ड्याइएको काठको बोर्डहरूमा लेखेर प्रदर्शन गरिन्थ्यो।

हालका वर्षहरूमा चिनियाँ अधिकारीहरूले ठूलो मात्रामा सार्वजनिक बेइज्जतीको प्रयोग गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्