Logo

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित



काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता श्रीराम ढकालले बताए ।

राजनीतिक प्रतिवेदनमा नेताले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आएका सुझावलाई समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उनले विचारको विकास गर्न पार्टीले निर्वाचनलगतै विशेष महाधिवेशन गर्ने जनाए ।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रूपमा नबुझ्न आग्रह गर्दै उनले विशेष महाधिवेशनमा विशेष रूपले बहस तथा छलफल हुने दृढता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षण गरेको बताए । उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको जनाए । उनले नेपाली जनताका सपना पूरा गर्न आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए । माओवादी आन्दोलन जतिसुकै बिग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे ।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्लान् त रु चिल्लो गाडी छोड्न सक्लान् त रु काठमाडौंको रमझम छोड्न सक्लान् त रु भनेर पनि भन्ने गर्छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाँझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’

यस्तै, अध्यक्ष प्रचण्डले आफूले पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदानको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’दयगत उल्लेख गरिएको विषय नै पार्टीको आधिकारिक लाइन भएको बताए ।

एमसीसी प्रतिनवेदनमा खास केही उल्लेख नभएको र यसलाई खारेज गर्ने प्रतिवेदनमा उल्लेख हुनुपर्ने माग समूहगत छलफलमा उठेपछि त्यसको जवाफमा प्रचण्डले भने, ‘एमसीसीका विषयमा राजनीतिक दस्तावेजमा जे उल्लेख छ, त्यही हुन्छ । थप छलफल गर्नु पर्दैन, पार्टीको लाइन त्यही हो ।’

प्रचण्डले पेस गरेको प्रतिवेदनमा एमसीसी संशोधन र सहमतिका साथ अघि बढ्नुपर्ने उल्लेख गरेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्