Logo

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी



काठमाडौँ, १७ पुस: प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनले पदमुक्तको चार महिनापछिमात्रै सरकारी गाडी फिर्ता गरेका हुन् ।मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएको भन्दै राईको तीव्र आलोचना भएको थियो ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताएका छन् । मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा भने प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot