Logo

दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएल राहुलले गर्ने



काठमाडौं, १७ पुस । भारतले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएल राहुलले गर्ने भएका छन् ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले तीन खेलको एकदिवसीय सिरिजका लागि राहुललाई कप्तान बनाउने निर्णय गरेको हो ।

चोटका कारण रोहित शर्मा उपस्थित हुन नसक्ने भएपछि राहुलले कप्तानी पाएका हुन् ।

भारत र दक्षिण अफ्रीकाबीचको एकदिवसीय सिरिज जनवरी १९ मा सुरु हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्