Logo

ज्योति मगर भन्छिन् : पैसाको एकदमै अभाव छ, लकडाउनमा त मःमः खानपनि पैसा थिएन (भिडिओसहित)



काठमाडौं, १७ पुष । चर्चित गायिका ज्योति मगरले आफूलाई पैसाको धेरै अभाव रहेको सुनाएकी छिन् । उनले यसअघि भएको लकडाउनको समयमा मःमः खानसमेत पैसा नभएको स्मरण गराएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका मगरले यस्तो बताएकी हुन् ।

उनले लकडाउनमा आफू आर्थिक रुपमा ठूलो समस्यामा परेको स्मरण गराईन् । तर, अहिले भने कामहरु भैरहेकोले त्यति समस्या नभएको उनको भनाई थियो । मगरले आफूले चाहने पुरुषमा पूर्ण रुपमा मर्द हुनुपर्ने, गुड ह्युमन विईङ र सामाजिक हुनुपर्ने, आफ्नो खुट्टामा उभिएको हुनुपर्ने, परिवार र समाजप्रति जिम्मेवार हुनुपर्ने, ह्याण्डसम पनि देखिनुपर्ने गुण हुनुपर्ने बताईन् । उनले आर्थिक रुपमा सम्पन्न भए झनै राम्रो हुनेपनि बताईन् ।



प्रतिक्रिया दिनुहोस्