Logo

पार्टीलाई नयाँ गति दिन प्रचण्डको राजनीतिक प्रतिवेदन सफल हुन्छः देव गुरुङ (भिडियोसहित)



काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले माओवादी केन्द्रलाई नयाँ गति दिनको लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन सफल हुने दाबी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यसअघि भएका गल्ती कमजोरीलाई सच्याएर नयाँ ढंगबाट पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नेमा सिँगो पार्टीपंति लागिसकेको दाबी गरेका हुन् ।

नेपाली समाजवादी क्रान्तिको पुर्वाधार तयार गर्न र मुलुकमा भएको एकाधिकार दलाल पुजिँवादको प्रभुत्वलाई समाप्त गर्दै राष्ट्रिय आन्तनिर्भर अर्थतन्त्रको निर्माण कसरी गर्ने भन्ने खालका पार्टीका विचारहरु क्रान्तिकारी रहेको भन्दै उनले यस्ता विचारहरु छिटै कार्यान्वयनको बाटोमा जान्छन् भन्नेमा विस्वास व्यक्त गरेका थिए ।

यस्तै, उनले एमसीसीको विषय राष्ट्रिय सहमति गरेर मात्रै सरकार अगाडी बढ्नु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्