Logo

आगामी निर्वाचनबाट कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्छ: डा.डिला संग्रौला



काठमाडौँ, १७ पुस। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन ।

उनले भनिन्, ‘हामीले लिएको अठोट र विश्वासलाई अघिल्लो सरकारले पूरा गर्न सकेन । नेपालीका थुप्रै सपनाहरु अधुरै रहे । जनता फेरि कांग्रेसतिरै फर्क चाहेका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । त्यसैले आगामी तीनै तहको चुनावबाट कांग्रेस दुई तिहाइका साथ मुलुकको नेतृत्व गर्दै जनताका अधुरा सपना पूरा गर्नुपर्छ।’

यतिबेला सबै नेपालीले एउटा सपना बोकेको भए पनि ति सपनाहरु पूरा गर्ने दायित्व कांग्रेसको काँधमा आएको उल्लेख गर्दै डा.संग्रौलाले पाँच बर्षको म्यान्डेट पाएको केपी ओली नेतृत्वको सरकारले ति सपनाहरुलाई लत्याएको आरोप लगाइन । डा.संग्रौलाले आफ्नो पुस्तकमा जनताका भावना र सपनाहरु समेटेको बताईन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot