Logo

मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे



दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् ।

वलीले भने, ‘जेलर परियारविरुद्ध मुद्धा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको छ । आवश्यक परेको बेला उपस्थित हुने गरी जिल्ला वकिल कार्यालयको निर्णय बमोजिम जिम्मा जिमानीमा छोडिएको हो ।’कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई पुस ८ गते छालाको उपचारका लागि भन्दै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए । त्यहीक्रममा उनीहरु अस्पताल नगई दुई महिलासहित होटलमा छिरेका थिए । प्रहरी जवान होटलको कोठाभित्र रहेका बेला बाहिरबाट ढोका बन्द गरेर परियार फरार भएको प्रहरीको जनाएको थियो ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot