Logo

‘ए’ डिभिजन लिगः जावलाखेलमाथि थ्री स्टारको जित



काठमाडौं, १७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जावलाखेल न्युथ क्लबमाथि जित निकालेको छ ।

सातौं चरणको खेल अन्तरगत आज भएको पहिलो खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा युवा खेलाडी आयुस घलानले गोल गर्दै थ्री स्टारलाई सुरुवाति अग्रता दिलाएका थिए ।

साथै, खेलको २५औं मिनेटमा रितिक कुमार खड्गाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ५५औं मिनेटमा जाउवालाखेलका निकोलश फरयान्डीसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपछि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै थ्री स्टार १० अंकका साथ पाचौं स्थानमा उक्लीएको छ ।

यस्तै, जावलाखेल ७ अंकका साथ ९औं स्थानमा रहेको छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्

Screenshot