Logo

लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन, सर्वसहमति नभए चुनाव हुन्छ : प्रचण्ड



काठमाडौँ, १७ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व चयनका लागि चुनावमा जाने अवस्था आउनसक्ने बताएका छन्। काठमाडौँमा माओवादीको जारी महाधिवेशनमा बन्दसत्र हलबाट बाहिरिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन। चुनावमा जानै परे जनवादी अभ्यास गरेर अघि बढ्छौं।’ बन्दसत्र दुई घन्टाका लागि स्थगित गरिएको छ। बन्दसत्र स्थगित भएपछि महाधिवेशन आयोजक समितिको बैठक बस्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot