Logo

माओवादीमा पनि चुनाव, १७४२ मतदाता



काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रको महाविधेशन अन्तर्गत केन्द्रीय सदस्यको चुनाव हुने भएको छ । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटिका लागि चुनाव हुने भएको हो ।

निर्वाचन प्रक्रियाका लागि एक हजार ७ सय ४२ मतदाताको नामावली टाँसिएको छ । माओवादी विधान अनुसार २ सय ९९ केन्द्रीय कमिटिले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

२ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रयास गरेपनि सफल हुन सकेन । अब केन्द्रीय कमिटीको चुनाव हुने र त्यसैले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

पदाधिकारीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित रहनेछन् । सबैभन्दा धेरै आकांक्षी महासचिवका लागि छन् । महासचिवमा जर्नादन शर्मा, वर्षमान पुन र पम्फा भुसालको दाबी छ । शर्मा र पुनबीच सहमति नभए भुसालले बाजी मार्ने सम्भावना बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्