Logo

किम पातलो बनेपछि…



एजेन्सी, १७ पौष । उत्तर कोरियाका शासक किम जोङ उन पातलो देखिएका छन् । मोटो शरीरका उनी यसपटक सार्वजनिक रुपमा देखिदा पातलो देखिएका हुन् । उनको पातलो शरीरबारे विश्वभर चासो बढेको छ ।

किमले यसपटक आफ्नो शासनको १०औं वर्षगाँठ मनाए । उनले विगतमा भन्दा फरक घोषणा गरे । सधैजसो हतियार निर्माण र अमेरिकाको आलोचना गर्ने किमले यसपटक आर्थिक विकासको कुरा गरे ।

उनले समृद्धिसँगै कोरियाली जनताको जीवनस्तर उकास्ने कुरा गरे । उनले ट्याक्टर उद्दोग र विद्यालय पोशाकमा बढी जोड दिए । उनको भाषणमा आणविक हतियार र अमेरिकाभन्दा बढी जनताको जीवनस्तरका विषय थिए ।

शुक्रबार वकर्स पार्टी अफ कोरियाको आठौं केन्द्रीय कमिटीको चौंठो प्लेनरी बैठकलाई सम्बोधन गर्दै विदेश मामलामा भन्दा कोरियाभित्रकै विषयमा बढी बोले । उनले विकास योजना र जनताको जीवनबारे बढी शब्द खर्चिए ।

उत्तर कोरिया भोकमरीसँग जुध्दै आएको छ । उसले कृषिमा भन्दा बढी हतियार निर्माणमा ध्यान दिएको विषय उठ्ने गरेको छ । कठोर शासनको कम्युनिस्ट राष्ट्र उत्तर कोरिया एउटै परिवारको शासनबाट चल्दै आएको छ । किम जोङ उनभन्दा अघि उनका पिता किम जोङ इल र हजुरबुवा किम इल सुङले उत्तर कोरियामा शासन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot