Logo

माओवादी केन्द्रको महाधिवेशन : निर्वाचनको कार्यक्रम सार्वजनिक, भोलि ११ः३० बजेबाट मतदान हुने



काठमाडौं, १७ पुष । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को जारी ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो। उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन्।

माओवादी केन्द्रको निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जारी गरेको निर्वाचन कार्यक्रमको सूचनाअनुसार उम्मेद्धवारको अन्तिम नामावली सवा ११ बजे प्रकाशन गरिनेछ । र, मतदान भने भोलि ११ः३० बजेबाट सुरु हुने जनाईएको छ । यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot