Logo

काँग्रेसको वरियतामा रामचन्द्र पौडेलपछि प्रकाशमान सिंह



काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गर्दा पहिलो नाम रामचन्द्र पौडेलको उल्लेख गरेका छन् । पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भई वरिष्ठ नेताका रुपमा मानिएका थिए । उनको त्यतिबेला वरियता दोस्रो नम्बरमा थियो ।

काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य मनोनित गरिएकामा पौडेलपछि प्रकाशमान सिंहको नाम राखिएको छ । सिंहको नाम दोस्रो नम्बरमा राखिनुलाई अर्थपूर्ण मानिएको छ । वरियतामा पनि सिंहले महत्व पाउने चर्चा छ । सिंह काँग्रेसको पहिलो निर्वाचित महामन्त्री हुन् ।

सिंहपछि पूर्वउपसभापति निधिको नाम छ । त्यसपछि पूर्वउपसभापति विजयकुमार गच्छेदारको नाम छ । त्यसपछि मात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम छ ।

देउवाले आज नियुक्ति गर्दा मुख्यसचिव पौडेलमार्फत् उल्लेख गरेको नामलाई नै वरियताको रुपमा हेर्न थालिएको छ । देउवाले वरियतामा पौडेलपछि सिंह, निधि, गच्छेदार र सिटोलालाई राखेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot