Logo

प्रचण्डको ‘खल्तीबाट निस्कदै’ माओवादी पदाधिकारी र केन्द्रीय कमिटीमा पर्नेको नाम



काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले चुनावी प्रक्रिया रोकेर सहमतिबाट नेतृत्व चयन गर्ने निश्चितप्रायः भएको छ । मतदाताको अन्तिम नामावली टाँस गरेर माओवादीले पहिलोपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागेपछि धेरैका लागि चासो बनेको थियो । तर, अन्तिम समयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले सहमतिबाट २९९ सदस्यीय केन्द्रीय सदस्य र पदाधिकारीको चयन गर्ने निर्णय लिएका छन् । उनले सहमतिका साथ नाम टुंगो लगाउन नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादवलगायतका नेताहरुसँग छलफल बढाएका छन् । प्रचण्डले खल्तीमा केन्द्रीय सदस्य र पदाधिकारी राखिसकेको बुझिएको छ । केही नाममा हेरफेर गरेर टुंगो लगाउने तयारी गरेको बुझिएको छ ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याएर महत्वपूर्ण जिम्मेवारी दिने प्रयास जारी राखेको बुझिएको छ । मोहन वैद्य किरणलगायत पूर्वमाओवादीसँग पनि छलफल बढाएका छन् । तर, अहिले नै ती समूहसँग एकताको सम्भावना टरेको छ ।

अहिले माओवादीभित्रै जिम्मेवारी मिलाएर प्रचण्डले अगाडि बढ्ने रणनीति बनाएका छन् । १५ पदाधिकारीमा उपाध्यक्षमा सबै भूगोल, जाति र लिङ्गलाई समेटेर जाने तयारी गरेका छन् । महासचिवमा महिला या जनजातिलाई प्राथमिकतामा राख्ने सम्भावना रहेको बुझिएको छ ।

पदाधिकारीमा बढीभन्दा बढी महिलालाई समेट्ने गरी प्रचण्डले तयारी गरेको बुझिएको छ । यसलाई चासोका साथ हेरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot