Logo

एनआरएनए अध्यक्ष कुमार पन्तको आक्रोश : संघमाथि सरकारको हस्तक्षेप गलत थियो, एक महिनाभित्र चुनाव हुन्छ (भिडिओसहित)



काठमाडौं, १७ पुष । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सरकारले संघमाथि गरेको हस्तक्षेप गलत रहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

विश्वभरि छरिएर रहेका नेपालीहरु मिलेर बस्न चाहेको भन्दै सरकारले उनीहरुको बीचमा फाटो ल्याउने काम नगरोस भन्ने पन्तको भनाई छ । उनले कतै सरकारले अमुक व्यक्तिलाई संघको नेतृत्वमा ल्याउनको लागि त यो कदम चालेको होईन ? भनेर पनि अहिले गैरआवासीय नेपालीहरुले प्रश्न उठाएको सुनाए ।

उनले भने-“सरकारको संघ कब्जा गर्ने चाहना थियो होला, चाहना नभएको भए त यस्तो कदम चाल्दैन थियो होला, संघले त आफ्नो काम गरिरहेको थियो, निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, निर्वाचन समितिले पनि काम गरिरहेको थियो, यसलाई रोक्नुहोस, यसलाई पख्नुहोस भन्नुको मतलव त केही न केही त हिँडेन स्वार्थ छ, केही न केही चाहन्छ सरकार, अमुक मान्छेलाई पो जिताउन लाग्यो सरकार भनेर साथीहरुले शंका गर्नुभयो ।” पन्तले राजनीतिक पार्टीलाई संघभित्र निषेध नै रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot