Logo

देउवा शेखर कोइराला समूहलाई पेलेरै जान थालेपछि…



काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला समूहलाई पेलेर जान थालेका छन् । उनले सभापति नियुक्त भएलगत्तै गरेका निर्णयहरुबाट पेलाई देखिन थालेको छ ।

सभापतिमा दोस्रो चरणमा पाराजित कोइरालालाई देउवाले वरियतामा २०औं नम्बरमा राखेका थिए । उनी निकटस्थले सभापतिमा उम्मेदवार भएकै आधारमा दोस्रो या तेस्रो नम्बरमा नपुग्ने तर्क गरे ।

देउवाले शनिबार १० केन्द्रीय सदस्य मनोनित गर्दा शेखर कोइराला समूहका कोही पनि परेनन् । उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाल पनि परेनन् । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

देउवाले सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरे । सिंह पक्षबाट उपसभापतिमा पराजित सुजाता कोइरालालाई पनि मनोनित गरे । महामन्त्रीमा पराजित आफ्नो पक्षका डा. प्रकाशरण महतलाई पनि मनोनित गरेका छन् । मनोनितमध्ये ६ जना उनी पक्षधर छन् ।

काँग्रेसको वरियतामा रामचन्द्र पौडेल दोस्रो नम्बरमा राखिने बुझिएको छ । प्रकाशमान सिंह र विमलेन्द्रको वरियता पनि शेखर कोइरालाको भन्दा माथि नै हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार डा. प्रकाशशरण महतको वरियता पनि देउवाले शेखर कोइरालाभन्दा माथि राख्ने भएका छन् ।

शेखर कोइराला समूहका निकै कम संख्यामा भविष्यमा केन्द्रीय सदस्य मनोनित हुने सम्भावना देखिएको छ । यसरी देउवाले शेखर कोइराला समूहलाई पेलेरै जाने रणनीति बनाएको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot