Logo

कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय



काठमाडौं, पुस १८ । संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।

निजामती क्षेत्रमा सबैभन्दा बढी अनियमितता कर्मचारी सरुवामा हुने गर्छ। ट्रेड युनियन, कर्मचारी संघ, संगठनमा आबद्ध कर्मचारी नेता तथा पहुँच भएका व्यक्तिको सरुवा उसले चाहेको ठाउँमा हुने गर्छ। उसले नचाहेसम्म सरुवा हुँदैन तर पहुँच नहुनेहरूको सरुवा चाँडोचाँडो हुनेगर्छ। यस्तो अनियमितता सबै सरकारी निकायमा हुने गरेको छ।

सहरी विकासमन्त्री मन्त्रालयमा पनि यस्तै अवस्था छ। रामकुमारी झाँक्री सहरी विकास मन्त्रालयमा आएको केही दिनमै उनले गत कात्तिक २८ मा एकैपटक १८ जना उच्च कर्मचारीको सरुवा गरिन्। त्यसपछि पनि मन्त्रालय मातहतका उच्च कर्मचारीको सरुवा गर्ने क्रम जारी रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot