Logo

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका विजेतालाई आइफोन हस्तान्तरण



काठमाडौं, १८ पुस । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरेको छ । फोनपेले ३१ असोजदेखि १६ पुससम्म सञ्चालन हुने गरी ल्याएको यस योजनामा हालसम्म ३० जना विजेतालाई आइफोन–१३ हस्तान्तरण गरेको हो ।

विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् ।

यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेले जनाएको छ ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot