Logo

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर



काठमाडौं, १८ पुस । स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमले चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै नयाँ वर्षको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो ।

यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।
कम्पनीको अनुसार यो योजनामा अन्तर्गत डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २ जीबी डाटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि डबल डाटा निःशुल्क पाउन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot