Logo

नेकपा (माओवादी केन्द्र) स्थायी समिति बैठक बस्दै, पदाधिकारीबारे छलफल हुँदै



काठमाडौँ, १८ पुस। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अहिले बस्दैछ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । केन्द्रीय पदाधिकारी छनोटबारे छलफल बैठक बोलाएको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि नेताहरु विभिन्न औपचारिक र अनौपचारिक छलफल जुटेका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय समिति घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएको छ । यसैअनुसार तयारी भइरहेको उनको भनाइ छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्